पहाडी लोकमार्ग स्तरोन्नति नहुँदा स्थानीय मर्कामा

नवलपरासी | चैत १३, २०७९

पहाडी लोकमार्ग स्तरोन्नति नहुँदा स्थानीय मर्कामा

बुुलिगंटार:  ३१ वर्षदेखि सुरु भएको जिल्लाको सदरमुकाम कावासोतीसँग प्रत्यक्ष जोडिने गरी निर्माणाधीन अवस्थामा रहेको पहाडी लोकमार्ग अहिलेसम्म पनि उचित ढङ्गले स्तरोन्नति हुन नसक्दा स्थानीय चिन्तित छन् ।

 

जिल्लाको पहाडी बुलिगंटार र बौदीकाली गाउँपालिका जोड्दै गण्डकी प्रदेशको राजधानी पोखरासम्म जोड्ने लक्ष्यका साथ २०४८ सालबाट निर्माण सुरु गरिएको दलदले द्यौवादी बुलिगटार बौदीकाली सडक अहिलेसम्म खासै स्तरोन्नति हुनु नसक्दा पहाडी क्षेत्रका जनता जोखिममा यात्रा गर्नु बाहेक अर्को विकल्प नरहेको बुलिगंटार गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णुवीर जर्घा मगर बताउनुहुन्छ ।

 

३१ वर्ष अघि अष्टेलियाली नागरिक बारबाराले आफ्नो व्यक्तिगत लगानीमा अर्खौलाबाट दलदलेसम्म लागत गरी निर्माण सुरु भएको दलदले द्यौवादी मोटरबाटो एक वर्ष यता भने स्तरोन्नतिको लागि ठेक्का भएर काम अगाडि बढेको दलदलेका धर्मराज बस्यालले बताउनुभयो । 

 

दलदले र कावासोतीबाट करिब ६० किलोमिटरको यो पहाडी सडक निर्माण सम्पन्न हुनु नसक्दा बर्सेनि हुने सडक दुर्घटनाले धेरैको ज्यान जाने गरेको छ । 

 

यो सडक सम्पन्न भए पछि यसले पूर्व पश्चिम कालीगण्डकी कोरिडोरसँग जोड्ने र यो जोडिएपछि यसको महत्त्व अझ बढ्न जाने बुलिगंटारका समाजसेवी प्रेमबहादुर थापा मगर बताउनुहुन्छ ।

 

राष्ट्रिय गौरवका रूपमा गण्डकी प्रदेशको राजधानी पोखरासँग सिधै जोडिने यो सडक निर्माणमा सरकारले चासो दिएर सडक निर्माणमा तदारुकता देखाए विकासमा ठूलो टेवा पुग्ने निश्चित हुने प्रदेश सांसद महेन्द्रध्वज जिसीको भनाइ छ ।

 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्